×

तीजको विशेष पुनः मिलन कार्यक्रम सम्पन्न

images

 स्काई दरबार ब्यांकेट बग्गीखाना ,सिंहदरवारमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले नेपाली महिलाहरूको हरितालिका तीजको विशेष पुनः मिलन कार्यक्रम गरेको छ। 

कार्यक्रममा प्रमुख अतिथि -संघीय  सासंद  माननीय रेखा यादवले अबको समयमा तीजको महत्त्वलाई बुझेर महिला र पुरुष दुबैले व्रत बस्नु पर्छ ।स्वास्थलाई हेरेर खानु पर्दछ।काठमाडौमा यस्ता धेरै कार्यक्रम भएका छन् ।यस्ता  कार्यक्रममा पर्वका रूपमा मात्रै मनाउन आग्रह गर्दै फजुल खर्च कम गरि खान नपाउने विकटका महिला र बालबालिका सम्म पुर्‍याउन आग्रह गर्नु भयो।


विशिष्ठ अतिथि -सूचना आयोगका प्रमुख आयुक्त -कमला वलीले पनि शुभकामना मन्तव्य दिनु भएको थियो ।
नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र के सी ले सह भावना र सह अस्तित्वबाट चल्नु पर्ने भन्दै उपस्थित सबै दिदीबहिनीहरूलाई आउदै गरेको तीजको शुभकामना दिनु भएको थियो ।नयाँ कार्यसमितिको यो पहिलो कार्यक्रम भएको पनि जानकारी दिइएको थियो ।बरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानको काव्य बिभाग प्रमुख बाबा बस्नेत ,अनेसासको केन्द्रिय सल्लाकार राधेश्याम लेकालीको पनि उपस्थिति रहेको थियो ।

 मोती युवा पुरस्कार प्राप्त गर्ने अनेसासकोरिया च्याप्टरका अध्यक्ष प्रमोद सारंगलाई बधाई एवम् शुभकामना अर्पण गरिएको थियो । नेपाल च्याप्टरको वरिष्ठ उपाध्यक्ष मन्जिला अनिलको शुभ जन्मोत्सवमा प्रमुख अतिथि लगायत उपस्थित सबैले माला,खादा र शिरमा पुष्पवृष्टि गरि अभिनन्दन गरिएको थियो ।केही समय नाच गान गरे पछि जन्मोत्सवको केक काटेर बाडिएको थियो ।


अनेसासका केन्द्रिय सल्लाहकार राधेश्याम लेकाली समेतको उपस्थितिमा ,अनेसास नेपाल च्याप्टरको वरिष्ठ उपाध्यक्ष मन्जिला अनिलले स्वागत गरेको कार्यक्रममा विशेष अतिथि साहित्यकार हिरण्य कुमारी पाठक,  गीतकार उन्नती बोहरा शीला,गायिकाद्वय जानु गुरुगं र विमला निरौलाले गीत गाएर गरिमा बढाउदै सामुहिक नृत्यमा सबैलाई सहभागी गराएका थिए ।कार्यक्रमा साहित्यकार शुसिला देउजा ,सन्ध्या पहारी ,गीता कार्की ,सक्रिय समाजसेवी शान्ता बस्नेत ,लीला लुईटेल,प्राज्ञ गीतकार उन्नती शिला बोहरा ,भगवती बस्नेत,कवि मुरारी सिग्देल,गीता कार्की ,रामचन्द्र ढकाल ,डा भक्त राई ,मीरा गोतामे लगायत सामाजका विभिन्न क्षेत्रका सक्रिय महिला दिदीबहिनीहरुको निकै सम्मानजनक उपस्थिति रहेको थियो ।

कार्यसमितिका साथीहरु लगायत सबै उमेरकाहरुको उल्लासपूर्ण नृत्यले निकै आकर्षक रमाईलो बनेको कार्यक्रम बेलुकी आठबजेसम्म चलेको थियो !
कार्यक्रम सन्चालन महासचिब रन्जना निरौलाले गरेकी थिईन ।

शनिबार ३० भदौ २०८० ०६:५२ PM मा प्रकाशित

प्रतिक्रिया