×

यो चुनाव हाम्रा लागि ‘ब्याटल’ हो : प्रचण्ड

images

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनाव माओवादीका लागि चुनाव मात्रै नभएर ‘ब्याटल’ (लडाईँ) भएको बताउनु भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आउने चुनाव माओवादीका  लागि ‘ब्याटल’ भएको बताउनु भएको हो ।

‘आउने चुनाव, हाम्रो लागि चुनवा छैन, हाम्रो लागि ब्याटल हो, लडाइ हो ,हामीले जित्दा राष्ट्रले जित्छ, हामीले हार्दा राष्ट्रले हार्छ’, कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले भन्नुभयो,  ‘आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता छ, किन छ त ? अहिले माओवादीले हार्यो भने संविधान हार्छ, गणतन्त्रले हार्छ, महिला दलित , जनजाती, थारू आदिवासी ,मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ , सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ त्यो अधिकारले हार्छ ।’ 

संविधान विरोधीहरूले गणतन्त्रलाई उल्टाउन  खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी भएकाे पनि उहाँले बताउनुभयो । देशको राजनीति अझैपनि माओवादीकै  हातमा घुमेको बताउँदै अध्यक्ष प्रचण्डले गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताउनुभयो । 

‘गठबन्धन भित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा हैन् ,सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि संघको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

शनिबार ३ बैशाख २०७९ ०५:५७ PM मा प्रकाशित

प्रतिक्रिया