×

एमबाप्पे पीएसजीका लागि सर्वाधिक गोलकर्ता खेलाडी बने

images


काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३-१ गोल

अन्तरले हराएको हो ।खेलको १९ औं मिनेटमा अब्दुल सामेदले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटियो ।

खेलको ३१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।यस गोलसँगै एमबाप्पे लिग वान फुटबलमा पीएसजीका लागि सर्वाधिक

गोलकर्ता खेलाडी बनेका छन् ।एमबाप्पेले १६७ लिग खेलमा १३९ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।उनले एडिन्सन काभानीको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् ।

खेलको ३७ औं मिनेटमा भितिन्हाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।४० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ६० औं मिनेटमा लेन्सका फ्रान्कोवस्कीले पेनाल्टीमार्फत एक गोल फर्काए पनि पीएसजी ३-१ ले विजयी भयो ।जितसँगै पीएसजीले लिगमा ९ अंकको अग्रता

बनाएको छ ।पीएसजीले ३१ खेलमा ७२ अंक जोडेको छ ।लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एजेन्सी


 

आइतबार​ ३ बैशाख २०८० ०९:४५ AM मा प्रकाशित

प्रतिक्रिया