×

पाँचौ राष्ट्रब्यापी स्टृट वर्कआउट प्रतियोगिता शनिबार हुने

images


काठमाडौं ।  नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एन.वाई.एफ.सी.) संस्थाको आयोजनामा पाँचौ राष्ट्रब्यापी स्टृट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ ।

हिमालयन क्विस्टा प्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्य प्रायोजनमा शनिबार हुने प्रतियोगिताको अन्तिम तयारीका बारेका जानकारी गराउन आज आईतबार आयोजित

कार्यक्रममा आयोजकले बैशाख ९ गते नक्सालस्थित नारायण चौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए ।

वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा हुने प्रतियोगितामा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४० बर्ष माथिको सर्किट र अन्डर १६ बार गरि ५

समूहमा नेपालभरिबाट ३५० देखि ४०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसबाट छनौट भएका अन्तिम २ सय खेलाडीले

फाईनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा कम समयमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विजयी घोषित गरि फिटनेश एथलेट उपाधी सहित नगद ५१ हजारका

साथ स्वर्ण पदक र प्रमाण पत्र प्रदान गरिनेछ । विधागत प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाण पत्रले

सम्मान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट २० लाख रहेको समेत आयोजकले बताएका छन् ।

आइतबार​ ३ बैशाख २०८० ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया