×

आज कति छ सुनचाँदीको मुल्य ?

images

काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ ।

यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । विगत डेढ महिनामा सुनको भाउ करिब तोलामा ३० हजार घटेको छ । यसअघि गत माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो  ।

यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत माघ १५ गते चाँदी हालसम्मकै उच्च प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो  ।

सोमबार २ चैत २०८२ १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया