×

१४ वटा वाणिज्य बैंकको राष्ट्र बैंकको कारबाहीमा

images

नेपाल राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको भन्दै सुपरीवेक्षण विभागले १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । 

प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक र सेञ्चुरी बैंक कारबाहीमा परेका छन् ।

केन्द्रीय बैंकले प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै कारबाही स्वरुप एक लाख ८० हजार ४३० रुपैयाँ जरिवाना गराएको छ ।

यस्तै, नेपाल बैंकलाई बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन तथा नेपाल बैंकले एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पालना नगरेको भन्दै कारबाही गरिएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकले पनि बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेको भन्दै बैंकका सिईओहरुलाई सर्तक रह्न आग्रह गरेको छ।

स्ट्याण्डर्ड चार्टर्ड र एनएमबि बैंकलाई भने कूल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था उल्लघंन गरेको भन्दै कारबाही गरेको हो ।

बुधबार २ चैत २०७८ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया