×

नेप्से परिसूचक २१.१५ अंकले घट्यो

images

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले घटेर ३९६.४४ विन्दुमा पुगेको छ। मौद्रिक नीति समीक्षापछिको लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको हो । 

बिहीबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । बिहीबार उत्पादनमूलक उपसूचक सर्वाधिक १.९३ प्रतिशतले गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन,  हाइड्रोपावर लघुवित्त र बीमा उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।

आइतबार ३ अर्ब माथिको कारोबार भएको नेप्सेमा त्यसयताको तीन कारोबार दिनमा कारोबार २ अर्ब पुगेको छैन । बिहीबार नेप्सेमा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ३८ लाख २८ हजारको कारोबार हुँदा अपी पावरको ५ करोड १३ लाख ७४ हजार र ङदी ग्रुप पावरको ४ करोड ३६ लाख ४३ हजारको कारोबार भएको छ ।


बिहीबार बजारमा नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । राप्ती हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.२३ प्रतिशतले वृद्धि हुँदा सबैको लघुवित्तको  सेयरमूल्य २.०२ प्रतिशत र इमर्जीङ नेपालको सेयरमूल्य १.९४ प्रतिशतले बढेको छ ।

युनिलिभर नेपालको सेयरमूल्य ५.९१ प्रतिशतले गिरावट हुँदा सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य ५.५१ प्रतिशत र सिनर्जी पावर कम्पनीको सेयरमूल्य ४.२९ प्रतिशतले गिरावट भएको छ ।

बिहीबार ४ फागुन २०७९ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया