×

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति?

images

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ वटाले स्थिर राखेका छन् । पुस महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ४.८३४ प्रतिशत रहेको छ । मंसिर महिनामा भने यो दर ५.०४ प्रतिशत कायम थियो ।

बैंकहरुले पुस महिनाका लागि पनि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई छन् ।

त्यस्तै स्थिर राखेकामा माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंक छन् ।

बैंकहरूले व्यक्तिगत मुद्दतिमा दिने अधिकतम ब्याजदर 

बैंक मंसिरको ब्याजदर पुसको ब्याजदर
कृषि विकास ४.९५ ४.५५
एभरेस्ट ५ ४.७५
नेपाल ५.२५ ५.१
लक्ष्मी सनराइज ५ ४.७५
माछापुच्छ्रे ५ ५
एनआईसी एसिया ५ ५
प्रभु ४.९५ ४.५५
स्टान्डर्ड चार्टड ४.७ ४.६
राष्ट्रिय वाणिज्य ५.५ ५
नबिल ४.७५ ४.५५
ग्लोबल आईएमई ६ ५.५
सिद्धार्थ ५ ५
प्राइम कमर्सियल ४.७५ ४.२५
कुमारी ४.९१ ४.५३
सानिमा ५ ४.७५
हिमालयन ५.५ ५.५
नेपाल एसबीआई ४.८ ४.५५
इन्भेस्टमेन्ट मेगा ५ ५
एनएमबी ५ ५
सिटिजन्स ४.७५ ४.७५
सोमबार ३० मंसिर २०८२ ०१:२४ PM मा प्रकाशित

प्रतिक्रिया