×

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति?

images

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ वटाले स्थिर राखेका छन् । पुस महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ४.८३४ प्रतिशत रहेको छ । मंसिर महिनामा भने यो दर ५.०४ प्रतिशत कायम थियो ।

बैंकहरुले पुस महिनाका लागि पनि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई छन् ।

त्यस्तै स्थिर राखेकामा माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंक छन् ।

बैंकहरूले व्यक्तिगत मुद्दतिमा दिने अधिकतम ब्याजदर 

बैंक मंसिरको ब्याजदर पुसको ब्याजदर
कृषि विकास ४.९५ ४.५५
एभरेस्ट ४.७५
नेपाल ५.२५ ५.१
लक्ष्मी सनराइज ४.७५
माछापुच्छ्रे
एनआईसी एसिया
प्रभु ४.९५ ४.५५
स्टान्डर्ड चार्टड ४.७ ४.६
राष्ट्रिय वाणिज्य ५.५
नबिल ४.७५ ४.५५
ग्लोबल आईएमई ५.५
सिद्धार्थ
प्राइम कमर्सियल ४.७५ ४.२५
कुमारी ४.९१ ४.५३
सानिमा ४.७५
हिमालयन ५.५ ५.५
नेपाल एसबीआई ४.८ ४.५५
इन्भेस्टमेन्ट मेगा
एनएमबी
सिटिजन्स ४.७५ ४.७५
सोमबार ३० मंसिर २०८२ ०१:२४ PM मा प्रकाशित

प्रतिक्रिया