काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म कार्यक्रम रहेका छन् । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।
यसअघि २७ मंसिरमा उद्घाटनसहित २९ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने तालिका सार्वजनिक भएको थियो। एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिकाअनुसार मंगलबार मतदान गर्ने कार्यक्रम रहेको छ। यस्तै आइतबार मतदाता नामावली प्रकाशन भए पनि अन्य बाँकी महत्वपूर्ण कार्य सोमबार हुने निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जनाएका छन्।
निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार (भोलि) बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ।
आज बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध, सुधारको समय तोकिएको छ। १० बजेसम्म कुनै पनि पदमा दाबी गरेको नाममा आएका विरोधमाथि छानबिन गरी निर्णय गर्ने समय तोकिएको छ।
आज नै मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानबिन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फाराम वितरण, उम्मेदवारको दरखास्त फाराम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता गर्ने कार्यतालिका रहेको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज बेलुका ६ बजे हुने निर्वाचन कार्यतालिका रहेको आयोगका अध्यक्ष डा. सुब्बाले जनाएका छन्। मंगलबार (भोलि) मतदान भएपछि मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ।
महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाउन व्यस्त छन् ।
पदाधिकारीमा आ–आफ्नो पक्षका उम्मेदवारको नाम टुंगो लगाउने कसरत भइरहेको छ । ओलीलाई चुनौती दिनेगरी ईश्वर पोखरेलले महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई र सचिवमा गोकुल बाँस्कोटाको नाम टुंगो लगाएका छन् ।
ईश्वर पक्षको छलफलमा अहिलेसम्म तीन प्रमुख पदको टुंगो लागेको एक नेताले बताए । एमालेले पाँच उपाध्यक्ष बनाउने भएको छ । ईश्वर समूहले केही नेताको नाम उपाध्यक्षमा टुंगो लगाए पनि केही बाँकी छ । अहिलेसम्म गोकर्ण विष्ट, बिन्दा पाण्डेलगायतको नाम उपाध्यक्षमा टुंगिएको छ । आदिवासी, जनजाति, महिला र पुरुष गरेर समावेशी नाम टुंग्याउने प्रयास ईश्वर समूहले गरेको छ ।
एक महासचिवमा सुरेन्द्र पाण्डेको नाममा सहमति भएको छ भने तीन उपमहासचिवमध्ये एक पदमा भट्टराईको नाम फाइनल भएको छ । दुई उपमहासचिवको नाम भने टुंगिसकेको छैन । पोखरेल समूहले सचिवमा गोकुल बाँस्कोटाको नाम टुंग्याएको छ भने कृष्णगोपाल श्रेष्ठदेखि रचना खड्कासम्मको नाममा छलफल गरिरहेको छ ।
एमालेको जारी ११ औं महाधिवेशनमा आज बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।
आयोगका प्रमुख डा. बिजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर मंगलबार मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानबिन बिहान १० बजेसम्ममा सकिने । १०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया