×

एमालेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम शुरु, आज के के भयो ?

images

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भोलि बिहान ८ बजे बस्ने गरि स्थगित भएको छ । ललितपुरको रामबाघ महलमा आजदेखि शुरु भएको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम शरू भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

आजको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्नो धारण राखेको बताउदै गौतमले धारणा राख्नेक्रम भोली पनि जारी रहने बताएका छन् । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय दिइएको र त्यो भन्दा बढी कुरा राख्नुपर्ने भएमा लिखित रुपमा बुझाउन सकिने व्यवस्था गरिएको उनले बताए ।

एमालेका केन्द्रीय सदस्यहरुले अन्तरिम सरकारको गठन, जेनजीको प्रदर्शन र उनीहरुले उठाएका मागहरुको विषय, भदौ २४ गतेको विधम्सको छानबिन गर्नुपर्ने, छानबिन आयोगको अध्यक्षले दिएका अभिव्यक्तिको विषयमा लगायत केहिले पुर्वराष्ट्रपतिको सदस्यताको विषयमा पनि कुरा राखेको गौतमले जानकारी दिएका छन् ।    

आजको बैठकको शुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै देशमा प्रतिक्रान्ति शुरु भएको भन्दै यसको सबैभन्दा ठुलो निशाना एमालेलाई बनाइएको बताएका थिए । अध्यक्ष ओलीले एमालेले लिएका नीति राम्रो भएर बढी आक्रमण भएको दाबि गर्दै एमाले कम्युनिष्ट आन्दोलनको अनवरत शक्ति रहेको धारणा राखेका थिए । साथै ओलीले एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ । 

आजदेखि शुरु भएको एमालेको बैठक असोज ३१ गतेसम्म चल्ने छ ।

बुधबार २९ असोज २०८२ ०७:२१ PM मा प्रकाशित

प्रतिक्रिया