×

मधेसको मुख्यमन्त्री जितेन्द्र सोनल नियुक्त

images

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई संबिधानको धारा १५६ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

सोनलले लोसपासहित जनमत, माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादीका ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए ।

 

 

Single Image

बुधबार २९ असोज २०८२ ०७:२८ PM मा प्रकाशित

प्रतिक्रिया