×

पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा

images

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंको इजलासले सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको भने दुवैको मिलेमतोमा इ–सिगरेटमार्फत सुनको तस्करी गरिएको आरोप लगाइएको छ । महराविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम मुद्धा दायर भएको थियो ।

महरालाई पुर्पक्षको आदेशपछि सुन्धारा कारागारमा पठाइएको छ ।   

बुधबार २९ असोज २०८२ ०७:२९ PM मा प्रकाशित

प्रतिक्रिया