×

चट्याङ लागेर मृत्यु

images

दैलेख, २९ भदौ : दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिनुभयो । चट्याङ लागेर  १६ जना घाइते भएका छन् 

शुक्रबार​ २९ भदौ २०८० १२:१० PM मा प्रकाशित

प्रतिक्रिया