×

सापस स्वर्ण महोत्सव समीक्षा सम्मान बिभिन्न ब्यतिहरु लाई प्रदान

images

  काठमाडौं।   सापस स्वर्ण महोत्सव समीक्षा सम्मान" बाट वरिष्ठसमीक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाल सम्मानित हुनु भएको छ । 

यसैगरी "व्यथित काव्य सम्मान" बाट कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) सम्मानित हुनु भएको छ । यसैगरी "व्यथित काव्य डायसपोरा सम्मान" हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा(अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित हुनु भएको छ ।

संघले आफ्नो स्वर्ण महोत्सवमा अवसरमा विभिन्न साहित्यिक पत्रकारहरुलाई प्रशंसा-पत्र प्रदान गरेको छ । सम्मानबाट किशोर पहाडी, कृष्ण भूषाल, सुमन बैरागी पण्डित, श्रीराम राईश्री प्रेमिला गौचन, अमेरिका, विश्वराज थापा, अमेरिका,  ठाकुर बेलबासे, उमेश पाण्डे, भूपराज खड्का, राजेश खनाल, राजन कार्की,  रत्नप्रसाद अनामी, निबन्ध आचार्य, सरस्वती गौतम, नरनाथ लुइँटेल, सागर श्रेष्ठ, रमेश दाहाल, बलराम थापा र रुद्र अधिकारी सम्मानित हुनु भएको छ ।

मङ्गलबार ३० साउन २०८० ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया