×

मन्त्री आलेकाे गुनासाे : अर्थमन्त्रीलाई पटक–पटक भन्दा पनि मन्त्रालयकाे बजेट कटाैती भयाे

images

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गर्नुभएको छ । 

आज बुधवार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले बजेट कटौती गरिदिँदा कतिपय पालिकासँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपर्दा आफूलाई दुःख लागेको प्रतिक्रिया दिनुभयो । उहाँले बजेटको आकार नौ दशमलव आठ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमलाई निरन्तरता दिन नसकिने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘बजेट गएकाे वर्षको भन्दा नाै दशमलव आठ प्रतिशत वृद्धि भएको छ । तर मेरो मन्त्रालयकाे साढे १० अर्ब रुपैयाँ बजेट कटौती भएको अवस्था छ । विभिन्न पुरातात्त्विक महत्त्वका आयोजना, विभिन्न ठाउँमा पर्यटक भित्र्याउने, पर्यटक भित्र्याउनका लागि ट्रेल मार्गको कुरा पनि यहाँ आएको छ तर बजेट अभाव भयो । कम्तीमा पाँच अर्ब रुपैयाँ मात्रै दिएको भए पनि २० लाख रुपैयाँको २५ वटा योजना लागू गर्न सक्थ्यौँ ।’

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने दाबी पनि गर्नुभयाे । 

बुधबार १ असार २०७९ ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया