×

चलचित्र सेन्सर बोर्डले रोक्यो ‘आदिपुरुष’, ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनुपर्ने

images

 भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।

  बिहिबार नेपाल रिलिजको लागि जाँचपासको क्रममा उक्त चलचित्रमा जानकीलाई भारतकी छोरी भनिएको  सेन्सर सदस्य  भुपेन्द्र कुमार खडकाले  बताए । 

नेपाल रिलिजको लागि उक्त संवाद हटाउन लगाएर मात्र जाँसपास गरिएको उनले बताए । चलचित्रमा रावणले सितालाई अपहरण गरी लंका पुर्याएपछि युद्धको क्रमममा सिताको लागि मात्र नभई भारतकी छोरीको लागि लडाई गर्नुपर्छ भन्ने प्रसंगमा उक्त संवाद रहेको छ ।

नेपालमा सेन्सर गर्ने क्रममा उक्त संवाद नहटाएसम्म जाँचपासको प्रमाणपत्र नदिने निर्णय बोर्डले गरेपछि वितरकले सच्याएर ल्याएका थिए ।

 सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बीप) गर्न लगाई सो पश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’

शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ । यो संवादलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक विरोध हुँदै आएको छ ।

बिहीबार ३२ जेठ २०८० ०८:२६ PM मा प्रकाशित

प्रतिक्रिया