×

सुनको मूल्य उकालो लाग्यो

images

काठमाडौं । सोमबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो । आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार १ जेठ २०८० ०१:२५ PM मा प्रकाशित

प्रतिक्रिया