×

आईपीएल – आज दुई खेल हुँदै

images


काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ ।

१६ औं संस्करणको आईपीएलको आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सबीचमा खेल हहुँदैछ ।बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा यो खेल अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।चौथो खेल खेल्दै गरेको बेंग्लोर दोस्रो जितको खोजीमा रहेको छ । बेंग्लोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको

थियो ।बेंग्लोर दोस्रो खेलमा कोलकत्ता र तेस्रो खेलमा लखनउ सुपर जायन्ट्ससँग पराजित भएको थियो ।पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा

गुजरात टाईटन्ससँग पराजित भएको थियो ।तेस्रो खेलमा मुम्बई इन्डियन्ससँग पराजित दिल्ली पहिलो जितको खोजीमा रहेको छ ।यी दुई टोली बीचमा भएका पछिल्ला

पाँच खेलमा तीनमा बेंग्लोर र दुईमा दिल्ली विजयी भएका छन् ।बेंग्लोरको टोलीमा वानिन्दु हसरंगा उपलब्ध भईसकेकाले उनले आजको खेल खेल्ने प्रवल सम्भावना रहेको

छ ।आफ्नो विवाहका लागि अष्ट्रेलिया गएका कारण गएको दुई खेल गुमाएका मिचेल मार्श समेत दिल्लीको टोलीमा उपलब्ध भईसकेका छन् ।आज नै हुने दोस्रो खेलमा

लखनउ सुपर जायन्ट्स र पन्जाब किग्स खेल्दै छन् ।लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा खेल बेलुका पौने ८ मा सुरु हुनेछ ।

लखनउ र पन्जाब दुवैको यो पाँचौ खेल हो । लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दा दोस्रो खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

तेस्रो खेलमा सनराईजर्स हैदराबाद तथा चौथो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको लखनउ चौथो जितको खोजिमा रहेको छ ।

पन्जाबले पहिलो र दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्स र राजस्थान रोयल्सलाई हराएको थियो ।तेस्रो र चौथो खेलमा सनराईजर्स हैदराबाद र गुजरात टाईटन्ससँग पराजित पन्जाब तेस्रो जितको खोजीमा रहेको छ ।

दुई टोलीबीच अहिलेसम्म १ खेल भएको छ । जसमा लखनउ अपराजित रहेको छ ।भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ । एजेन्सी

 

 

शनिबार २ बैशाख २०८० १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया