×

नेकपा एसले वैशाख ९ गते स्थापना दिवस मनाउने

images


काठमाण्डाै  । एकीकृत समाजवादी पार्टी ले वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

शुक्रवार काठमाण्डाैकाे आलोकनगरमा रहेकाे केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले याे निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर

पारेर वैशाख ९ गते केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापीरूपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापीरूपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । 

बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । न्यौपानेले पार्टी परित्याग गरेकाले उहाँको नाम पार्टी

अभिलेखबाट हटाउने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताउनुभयो । न्याैपानेले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रीय कमिटीमा फरक मत राखेकाले त्याे विषयमा छलफल हुन नसकेको उहाँकाे भनाइ छ ।

नेकपा एस पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरू नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै अवसर पारेर नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । 

शनिबार २ बैशाख २०८० १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया