×

मार्टिनेजले सिजनको बाँकी खेल गुमाउने

images


काठमाडौं । म्यानचेस्टर युनाईटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले सिजनको बाँकी खेल गुमाउने भएका छन् ।खुट्टाको चोटका कारण मार्टिनेजले यस सिजनको बाँकी

खेलहरु गुमाउने भएका हुन् ।२५ वर्षीय सेन्टर ब्याकले युरोपा लिग अन्तर्गत सेभियाविरुद्धको खेलमा चोट बोकेका थिए ।बिहीबार राति भएको खेलमा युनाईटेडले सेभियासँग

२-२ गोलको बराबरी खेलेको थियो ।युनाईटेडले अर्का डिफेन्डर राफायल भाराने पनि केहि हप्ता मैदान बाहिर रहने जनाएको छ । एजेन्सी

शनिबार २ बैशाख २०८० ११:०० AM मा प्रकाशित

प्रतिक्रिया