×

देशभर प्रत्येक वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र हुनुपर्नेमा गगनकुमार थापाको जोड

images

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशभर प्रत्येक वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र हुनुपर्ने बताएका छन् । ​मंगलवार ज्ञानेश्वरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले यसबाट जनचेतना फैलाउने र सहुलियतमा औषधिको व्यवस्था हुने बताए । आफू मन्त्री हुँदा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने कामअघि बढेको उनको भनाइ छ । 

आफू सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको भन्दै थापाले हाल आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधिहरु समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताए । 


स्वास्थ्य प्रवद्र्धन केन्द्रले वडाबासीहरुको स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने र स्वास्थ्य परिक्षण गर्ने थापाले बताए । यस्ता केन्द्र देशभर​ प्रत्येक वडामा हुनुपर्ने उनले जोड दिए ।

मङ्गलबार १ चैत २०७८ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया