×

अफगान सीमा सुरक्षा बलद्वारा पाकिस्तानसँगको सीमा क्षेत्र डुरान्ड लाइनमा आक्रामक व्यवहार जारी

images

इस्लामावाद। अफगान सीमा सुरक्षाकर्मीहरूले पाकिस्तान(अफगानिस्तान सीमा क्षेत्र डुरान्ड लाइनमा आफ्नो आक्रामक मनोवृत्ति, सीमा पार उल्लङ्घन र आपसी सहमति तथा स्थापित प्रक्रियाहरूको बेवास्ता जारी राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पाकिस्तानी अधिकारीहरूले फेब्रुअरी २५ मा काबुललाई आफ्ना सैन्य सम्पर्क अधिकारीहरू तोर्खाम र चमनका सीमा समन्वय केन्द्रहरूमा उपस्थित भएको जानकारी दिएपछि पनि आक्रामक रवैया जारी राखेको बताइएको छ। उनीहरूलाई सैन्य सम्पर्कहरू प्रदान गर्न र दैनिक समन्वय, सीमा समस्याहरूको व्यवस्थापन र क्रस बोर्डर सहयोगको व्यवस्था गर्नका लागि खटाइएको थियो।

पाकिस्तानी पक्षका अनुसार पाकिस्तानी सेनाविरुद्ध अफगान सुरक्षाकर्मीहरूले गरेका यी कार्यहरू पारस्परिक रूपमा सहमति र सहयोगी संयन्त्रको मर्म विपरीत रहेको भन्दै पाकिस्तानी पक्षले आपत्ति जनाएको छ। इस्लामावादले यसअघि नै अफगान अधिकारीहरूलाई संयुक्त समिति बनाएर सीमाका सबै समस्या समाधान गर्न सुझाव दिएको थियो। पाकिस्तानले विवादित क्षेत्र तथा गाउँहरूमा विवाद समाधान नभएसम्म निर्माण रोक्न अनुरोध गरेको थियो तर अफगान पक्षबाट स्पष्ट रूपमा कुनै प्रतिक्रिया आएको छैन।


अफगान अधिकारीहरूले हालै अफगान हवाई क्षेत्रको उल्लङ्घन र पाकिस्तानी सेनाले अफगान सुरक्षा बलमा भारी हतियारहरू प्रयोग गरेकोप्रति चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानी टोही विमानरड्रोनले जनवरी र फेब्रुअरी २०२२ मा अफगानिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गरेको र डुरान्ड रेखाका क्षेत्रहरूमा गस्ती गरेको कुरालाई जोड दिएका छन्।

गत वर्ष तालिबान सत्तामा फर्किएपछि सीमामा तनाव बढेको थियो र पाकिस्तानले आतङ्कवादी समूहहरूले अफगान भूमिबाट आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ। तालिबानले पाकिस्तानी आतङ्कवादीहरूलाई शरण दिएको अस्वीकार गरेका छन् र इस्लामाबादले आफ्नो औपनिवेशिक समयमा कोरिएको र डुरान्ड लाइन भनेर चिनिने २७०० किलोमिटर सिमानामा बार लगाउन खोजेको बताएका छन्।

तालिबान र पाकिस्तान बीचको मतभेद डुरान्ड लाइनको मुद्दामा जारी छ र पाकिस्तान र तालिबान बीचको द्विपक्षीय सम्बन्ध डुरान्ड लाइन र तहरीक(ए(तालिबान जस्ता समूहहरूको सीमा पार आतङ्कवादी गतिविधिहरूू का कारण शत्रुतापूर्ण बन्दै गएको छ। पाकिस्तानले डुरान्ड लाइन नजिकका आदिवासी क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा ल्याउने र डुरान्डमा काँडेतारको लगाउने काम पूरा गर्न चाहेको बताइएको छ।

मङ्गलबार १ चैत २०७८ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया