×

काँग्रेसद्वारा स्थानीय निर्वाचन अभियान घोषणा

images

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ३० गते हुने निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको निर्वाचन घोषणापत्र सभापतिले परामर्श गरी सार्वजनिक गर्ने बताए  । काँग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताउ’ नारा तय गरेको उनले बताए । फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने महतले बताए ।

 

मङ्गलबार ३ फागुन २०७८ ०५:४७ PM मा प्रकाशित

प्रतिक्रिया