×

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रणयदिवस बिशेष काव्यानुष्ठानको आयोजना

images

फरवरी १४ विश्व प्रणय दिवसको अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रणयदिवस बिशेष काव्यानुष्ठानको आयोजना गर्यो । वेलनेस अग्र्यानिक क्लव लाजिम्पाटमा आयोजित सो कार्यक्रममा दुई दर्जन कविहरुले आ–आफ्नो कविता वाचन गरेका थिए । स्थापना भएको थारै समयमा पनि साहित्यमा फरकधारबाट कार्यहरु पस्किरहेको यस प्रतिष्ठानले निषेधाज्ञाका प्रतिबिम्बहरु कवितासङ्ग्रह पनि प्रकाशित गरेको छ । 


प्रणय दिवसको सो गोष्ठिमा वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस, अशेष मल्ल, स्नेह सायमी, एस्पी कोइराला, प्रा.डा.सावित्री मल्ल कक्षपती, सन्धा पहाडी, प्रथा, रोशन थापा निरव, रिमा के.सी, प्रज्वल अधिकारी, रञ्जु दाहाल, बरुण रिजाल, जयदेव भट्टराई, छविरमण सिलवाल, भीष्म उप्रेती, अस्मिता मानान्धर, शान्तीमाया गिरी, सुमन वर्षा, मधु पाठक, सुष्मा आचार्य, रञ्जना निरौला र हरिवोल ढकालले कविता वाचन गरेका थिए । 


कवि सुष्मा आचार्यद्धारा संचालन गरिएको सो कार्यक्रममा सुमन वर्षाको स्वागत कविताबाट शुरु भएर प्रतिष्ठानका उपाध्यक्ष डा.शान्तीमाया गिरीको कविताबाट कार्यक्रम समापन भएको थियो ।  वेलनेस अग्र्यानिक क्लवको पाचौं तलाबाट शहरलाई नियाल्दै गरिएको प्रणय कविता वाचनमा कविहरु निकै रमाएको देखिएको थियो ।

 
वरिष्ठ कवि तथा संस्कृविंद तुलसी दिवस, वरिष्ठ नाट्यकर्मि अशेष मल्ल, कवि स्नेह सायमी तथा कवि एस्पी कोइरालाका प्रेम प्रसंग निकै रोचक थियो । वाचन गरिएका कविता माथि प्रा.डा.सावित्री मल्ल कक्षपतिको छोटो समिक्षा निकै रोचक थियो । 


‘कवि कहिल्यै पूर्व नहुने भएकोले कविले आफ्नो पदचाप आफैले सिर्जना गर्न सक्नु नै एउटा असल कविको गुण हो । र, कविले सिद्धान्तको पछि लागेर लेख्ने होइन, कविता लेखेर नै कविले सिद्धान्त बनाउँने हो भन्दै वर्तमान पुस्ताका कवि र कविताबाट आफू निकै संतुष्ट रहेको कुरा वरिष्ठ कवि तथा संस्कृविंद तुलसी दिवसले प्रष्ट पार्नु भएको थियो ।

मङ्गलबार ३ फागुन २०७८ ०९:११ AM मा प्रकाशित

प्रतिक्रिया