×

लिभरपुलको अहिलेसम्मकै कमजोर प्रदर्शन

images

लन्डन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलको प्रदर्शन यस सिजन निकै कमजो रहेको छ । शनिबार ब्राइटनको हातबाट ३–० ले पराजित हुँदा उसको प्रदर्शन वास्तवमै दयनीय रह्यो । लिभरपुल मात्र होइन्, अर्को मर्सिसाइड क्लब एभरटन अझ कमजोर स्थितिमा छ । उसलाई साउथह्याम्पटनले २–१ ले हरायो ।
लिभरपुलको २८ अंक छ र नवौं स्थानमा छ । एभरटन भने रेलिगेसन क्षेत्रमा संघर्षरत रहेको छ । उसको १५ अंक छ र १९ औं स्थानमा छ । साउथह्याम्पटन समान १५ अंकमा पुछारमा छ र एभरटन यही टिमसँग आफ्नै घरमा पराजित रहेको हो, त्यो पनि एक गोलले अग्रता लिएर । ब्राइटनको भने ३० अंक भएको छ र सातौं स्थानमा उक्लेको छ ।
अन्य खेलमा ब्रेन्टफोर्डले बर्नमाउथलाई २–९, नटिङघम फरेस्टले लेस्टर सिटीलाई २–० र उल्भ्सले वेस्ट ह्यामलाई १–० ले हरायो । वेस्ट ह्याम पनि १५ अंकमै पुछारबाट तेस्रो स्थानमा छ र उसको स्थिति पनि नाजुक छ । स्पेनी ला लिगामा भने रियल सोसिडाडले शनिबार एथलेटिको बिलबाओलाई ३–१ ले पराजित गर्‍यो ।
यो जितपछि उसको १७ खेलबाट ३५ अंक भएको छ । उसको अगाडि बार्सिलोना र रियल म्याड्रिड मात्रै छन् । चौथो स्थानका भिल्लारियलको भने २८ अंक छ । यस्तोमा अर्को सिजन सोसिडाडले युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनेको छ । उता इटालीको सिरी ए मा इन्टर मिलानले शनिबार भेरोनालाई १–० ले पराजित गर्‍यो । यो जितपछि इन्टरको ३७ अंक भएको छ । 

आइतबार​ १ माघ २०७९ ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया