×

नेपाल भाषा र साहित्यको प्रचारमा उपत्यकाव्यापी साइकल र्‍याली

images


भक्तपुर, २७ असोज : नेपाल भाषा र साहित्यको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले उपत्यकाव्यापी साइकल र्याली आयोजना भएको छ । भक्तपुरको ल्यसिङ्ख्यलमा आगामी कात्तिक ९ र १० गते हुने ४३ औँ नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमलाई सफल पार्ने उद्देश्यले आयोजित  र्यालीको बागमति प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले  उद्घाटन गर्नुभयो । 

    नेपाल भाषा साहित्यको क्षेत्रमा ‘जनता म्वाःसा भाषा म्वाइ’ भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पु¥याउने उद्देश्यले ४३ वर्षदेखि नेपाल भाषा सहित्य सम्मेलन तथा सास्कृतिक कार्यक्रम सञ्चालन हुदैँ आएको छ । 

    साईकल र्याली भक्तपुरको ल्यसिङ्ख्यबाट सुरु भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमार, नासमना, भार्वाच्व, च्वङा गणेश, राधेराधे, शङ्खधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमी, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, न्युरोड, वसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पाटन ध्वाका हुदैँ न्याखचुक,बगलामुखी, स्वथा, मङ्गलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, सिरूटार, चित्रपुर, गाम्चा, पाण्डुबजार, सुर्यविनायक, राममन्दिर, गःहिती हुँदै ल्यसिङ्ख्यमा पुगेर समापन हुनेछ ।
–––

शनिबार २७ असोज २०८० ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया