ब्रेसवेलले विश्वकप गुमाउने
काठमाडौं । न्युजिल्यान्डका स्पिन बलिङ अलराउण्डर माइकल ब्रेसवेलले आईसीसी एकदिवसीय विश्वकप गुमाउने भएका छन् ।
इंग्ल्यान्डमा जारी टी–ट्वान्टी ब्लाष्टमा वोर्सेस्टरशायरका खेल्ने क्रममा ब्रेसवेललाई चोट लागेको हो ।
वोर्सेस्टरशायरका लागि ब्याटिङ गर्ने क्रममा दाहिने खुट्टामा चोट लागेपछि ब्रेसवेललाई अस्पताल लगिएको थियो ।
उनको बिहीबार बेलायतकै एक अस्पतालमा शल्यक्रिया सम्पन्न भएको थियो ।शल्यक्रियाको प्रकृती अनुसार ६ देखि ८ महिनाका लागि उनी मैदान बाहिर रहने अनुमान गरिएको छ ।
६ देखी ८ महिना मैदान बाहिर रहने हुँदा ब्रेसवेलले अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप गुमाउनेछन् ।यस अघि न्युजिल्यान्डका कप्तान केन विलियम्सले पनि चोटका कारण विश्वकप गुमाईसकेका छन् ।
प्रतिक्रिया