×

होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट पूरा : प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य

images

काठमाडौं। चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ ।

समान २–२ पुरुष/महिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले बताउनु भयो  ।

पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष/महिलामा समान ६–६ खेलाडी सहभागी थिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

बुधबार ३१ जेठ २०८० १०:४८ AM मा प्रकाशित

प्रतिक्रिया