×

रियल मड्रिडले गेटाफेलाई हरायो

images


काठमाडौं । ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई हराएको छ । शनिबार राति रियल मड्रिडले गेटाफेमाथि १–० को जित निकालेको हो ।

रियलको जितमा मार्को एसेन्सियाले ७० औं मिनेटमा विजयी गोल गरे ।

प्राप्त जितले रियल मड्रिडले ला लिगाको उपाधिको गणितिय सम्भावनालाई कायमै राखेको छ । कार्लोस एन्सेलोटीले टिममा ८ परिवर्तन गरेका थिए ।

उनले च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको तयारी गर्दै गेटाफेविरुद्ध वार्मअप म्याच जसरी खेलेका थिए ।

लिगमा चार खेल बाँकी रहदा बार्सिलोनाले ११ अंकको अग्रता रियलसँग बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ८२ र दोस्रो स्थानको रियल मड्रिडको ७१ अंक छ ।

आईतबारको खेलमा स्प्यानियोललाई हराउन सकेको खण्डमा बार्सिलोनाले उपाधि उचाल्नेछ । एजेन्सी

आइतबार​ ३१ बैशाख २०८० १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया