×

सानेलाई मुक्का हान्दा माने निलम्बित

images


 काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले फरवार्ड साडियो मानेलाई निलम्बित गरेको छ ।टिमका अर्का सदस्य लोरी सानेलाई मुक्का हानेको समाचार बाहिरिएपछि बायर्नले

मानेलाई निलम्बन गरेको हो ।बायर्नले मानेलाई निलम्बन गर्दै शनिबार होफेनहाइमविरुद्धको खेलमा टिम बाहिर राखेको छ ।

मंगलबार राति च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा मानेले सानेको अनुहारमा प्रहार गरेको जर्मन अखबारले समाचार छापेको थियो ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्नलाई सिटीले ३(० ले हराएको थियो ।बायर्नले सेनेगल फरवार्ड मानेलाई दुरव्यबहारको कारण टिम बाहिर

गरिएको र उसलाई जरिवाना पनि लगाइने पुष्टि गरेको छ ।माने र सानेले भने झगडा बारे  कुनैपनि प्रतिक्रिया दिएको छैन । एजेन्सी

शुक्रबार​ १ बैशाख २०८० ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया