×

क्वाटरफाइनलको पहिलो लेगमा युभेन्ट्सको जित

images


काठमाडौं । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा युभेन्ट्सले स्पोर्टिङ सिपिलाई १ -० गोल अन्तरले हराएको हो ।युभेन्ट्सको जितमा फेडेरिको गाट्टीले निर्णायक गोल गरे ।गाट्टीले खेलको ७३ औं

मिनेटमा गोल गरेका थिए ।अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल २१ मा हुनेछ , युरोपा लिगकै अर्को खेलमा फियेनुर्डले रोमालाई १ - ० ले हराएको छ ।

बायर लिभरकुसेन र युनियनले १--१ गोलको बराबरी खेलेका छन् । एजेन्सी
 

शुक्रबार​ १ बैशाख २०८० ११:१८ AM मा प्रकाशित

प्रतिक्रिया