×

जसपा बैठक सुरु, अधिवेशन र संगठनात्मक प्रस्ताव पारित गर्ने तयारी

images

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए । 

 

छलफलपश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ ।  यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ । सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो । 

सोमबार ३० फागुन २०७८ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया