×

भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो : प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरिएको बताएका छन् । अध्यक्ष प्रचण्डले सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्र्दै सो कुरा बताएका हुन् ।

 

अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र भएको आरोप लगाए ।  उनले भने, ‘पार्टी एकतापछि हामीमाथि षडयन्त्र हुनथाल्यो र माओवादी नेतालाई आरोपित गरियो ।’ 

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पार्टी एकता गरेपछि भिलेन फेला परेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दा लड्दै विभाजित हुनुपर्यो ।’ 

उनले भिलेनसँग लड्दालड्दै पार्टी विभाजन हुन पुगेको समेत बताए । 

सोमबार ३० फागुन २०७८ ०४:०७ PM मा प्रकाशित

प्रतिक्रिया