×

कामु प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फुलकोर्ट बैठक आह्वान

images

न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गर्नुभएको छ ।

    सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट  बैठक नभई अनौपचारिक बैठक आह्वान गर्नुभएको जानकारी राससलाई दिनुभयो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकरर गरिनुभएका कार्कीले सो बैठक बोलाउनुभएको हो  । 

सोमबार २ फागुन २०७८ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया