×

६ महिनामा अप्पर तामाकोशी ३३ करोड बढी घाटामा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक

images

काठमाडौँ : अप्पर तामाकोशी जलविद्युत लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। कम्पनीको हालै सार्वजनिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

गत वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने कम्पनीले ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 


दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको छ। पहिलो त्रैमासका कम्पनीले विद्युत बिक्रीबाट १ अबए ७१ करोड रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीले समीक्षा अवधिको विद्युत बिक्रीबापतको ३ अर्ब ६४ करोड रुपैयाँको बिल नेपाल विद्युत प्राधिकरणमा पेस गरिएकोमा कम्पनी र प्राधिकरणबीच विद्युत बिक्री आय गणनामा भएको ८३ करोड ९८ लाख रुपैयाँ बढीको भिन्नता, आयोजनाले प्राधिकरणलाई आपूर्ति गर्नुपर्ने इनर्जी डिस्प्याच नभएको एवं विद्युत खरिदबिक्री सम्झौताअनुसार उत्पादन सुरु नभएको भनी विद्युत बिक्री आयबाट ७१ करोड ९५ लाख रुपैयाँ घटाइएकोले गत मंसिरसम्मको आयबापत १ अर्ब ४२ करोड रुपैयाँमात्र प्राप्त भएको कम्पनीले जनाएको छ। त्यसैले घटाइएको रकम फिर्ता भएपश्चात घाटा कम हुन गई नगद प्रवाहमा सुधार हुन अपेक्षा कम्पनीले राखेको छ।

चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक रहेको छ। 

कम्पनीको प्रतिशेयर आम्दानी ३।१२ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ ८६।८६ रुपैयाँ रहेको छ। 

सोमबार २ फागुन २०७८ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया