संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो।
६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।
उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
उनको छातीमा निमोनिया देखिएको थियो।
प्रतिक्रिया