×

आज सुनचाँदीको भाउ

images


२७ मंसिर, काठमाडौं । । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको छ ।

मंसिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो  जुन मूल्य हालसम्मकै उच्च हो ।

मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० घटेको सुनको भाउ ,बुधबारको यो मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ कम हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ कम हो भने पुस १८ को अधिकतम मूल्यभन्दा १४५ रुपैयाँ कम हो । पुस १८ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको थियो ।

बुधबार २७ मंसिर २०८० ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया