काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् ।
यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो । ट्रम्पले एक्स, टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्क र भारतीय मूलका विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग (डज) को प्रमुख नियुक्त गरेका हुन्।
यो घोषणा गर्दै ट्रम्पले मस्कलाई ‘ग्रेट एलोन मस्क’ भने भने रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भने। यो जिम्मेवारी पाएपछि विवेक रामास्वामीले लेखेका छन्- हामी नरम व्यवहार गर्ने छैनौँ । रामास्वामीले आफूलाई दिइएको जिम्मेवारी आक्रामकताका साथ कार्यान्वयन गर्ने संकेत गरेका छन् र ट्रम्प पनि यही चाहन्छन् ।
नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् । यस्तै ट्रम्पले थप केही महत्त्वपूर्ण नियुक्तिलाई पनि अनुमोदन गरेका छन्।
फ्लोरिडाका सांसद माइकल वाल्ट्ज अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाइने भएको छ।
५० वर्षीय वाल्ट्ज पूर्वसैन्य अधिकारी हुन् र लामो समयदेखि ट्रम्पका समर्थक थिए। उनी अमेरिकी प्रतिनिधि सभामा पुनः निर्वाचित भएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्जको नियुक्तिलाई सिनेटको अनुमोदन आवश्यक पर्दैन।
गत साता भएको राष्ट्रपतिय निर्वाचनमा विजयी भएका ट्रम्पले आगामी जनवरी २० मा सत्ता सम्हाल्ने छन् । उनले आफ्नो टिममा रहेर काम गर्ने उच्च पदाधिकारीको नियुक्ति गरेका छन् । यसक्रममा उनले सीमा व्यवस्थापनको शक्तिशाली प्रमुखमा भूतपूर्व आप्रवासन अधिकारी टम होमन चयन भएका छन् ।
यसैगरी ट्रम्पले एलिस स्टेफानिकलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतका रुपमा नियुक्त गरेका छन् । सूची वाइल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफका रुपमा छनोट गरेका छन् । यस्तै ट्रम्पले आप्रवासनप्रति कठोर दृष्टि राख्ने आफना सल्लाहकार स्टिफेन मिलरलाई नीति विषय हेर्ने गरी ह्वाइट हाउसको डेपुटी चिफ अफ स्टाफमा नियुक्त गर्ने तयारी गरेका छन् । एजेन्सी
प्रतिक्रिया