×

कोभिड संक्रमणको असर कम हुन थालेपछि बाहिरिने रकम बढ्दो

images

काठमाडौं । कोभिड–१९ संक्रमणको असर कम हुन थालेपछि नेपालीको विदेश भ्रमण बढेकाले बाहिरिने रकम बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्म विदेश भ्रमणकै लागि नेपालबाट ७२ अर्ब रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वैशाखको तुलनामा १४३ दशमलव ४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष भ्रमणबापत नेपालबाट ३२ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको थियो । विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि भ्रमण व्याय बढेकाले त्यसको सिधा असर विदेशी विनिमय सञ्चितिमा परेको छ । 

पर्यटक आगमनमा निरन्तर वृद्धि भइरहे पनि त्यो भ्रमण व्यfयमार्फत हुने खर्च धान्न भने पर्याप्त छैन । बैशाखसम्मको तथ्याङ्कअनुसार विदेशी पर्यकबाट नेपालले गरेको आम्दानीभन्दा बाहिरिएको रकम झण्डै ५० अर्ब रुपैयाँले बढी छ । त्यसो त पछिल्लो समय नेपाल भित्रिने पर्यटकको संख्या बढेकाले नेपाललाई प्राप्त हुने भ्रमण आयमा उत्साहजनक वृद्धि भइरहेको छ ।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार बैशाखसम्म नेपालले भ्रमण आयबापत २२ अर्ब ४५ करोड रुपैयाँ भित्र्याएको छ । यो अघिल्लो वर्षको तुलनामा २६० प्रतिशतले बढी हो । अघिल्लो वर्ष आयबापत ६ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

मङ्गलबार ३१ जेठ २०७९ ०७:०० AM मा प्रकाशित

प्रतिक्रिया