×

प्रधानमन्त्री ओलीद्वारा बालाजुुस्थित चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको र त्यसको छानबिन गरी एक हप्ता भित्र प्रतिवेदन दिन निर्देशन

images

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशातर्फ अघि बढेको मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्न नदिने बताएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारबाट काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियो निर्माणको उद्घोष गर्दै प्रधानमन्त्री ओलीले ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याएको भन्दै अब अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्न नदिने बताएका हुन्।

उनले आफू तीन वर्षको अन्तरालपछि फेरी प्रधानमन्त्री बन्दा तीनवर्षअघि आफूले छाडेकै अवस्थामा विकासका काम रहेको जिकिर गरे। सो अवधिमा विकासका कुनै काम हुन नसकेपनि राज्यको ढुकुटी भने सक्काइएको उनले बताए।

प्रधानमन्त्री ओलीले अहिले राज्यको ढुकुटीमा पैसा नभएपनि थालेका कामलाई पुरा गर्ने उल्लेख गरे। उनले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताए।

प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तलीले सुरु गरेर रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालालाई समेत पुरा गर्ने प्रतिबद्धता जनाए। बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए। 

‘जनकपुरमा रेल कुदिरहेको छ, तपाईंहरू गीत बनाउनुहुन्छ, दार्जलिङको रेल,’ प्रधानमन्त्री ओलीले भने, ‘किन जनकपुरको रेल नदेखेको ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले दोलखाको फिल्म सिटी बनाउन फिल्म जगत लागेको बताउदै आफूले पालुङटारमा फिल्म सिटी बनाऔँ भनेर भनेको बताए ।

‘त्यहाँ गजब हुन्छ । पालुङटारमा फिल्म सिटी बन्दा फिल्मकर्मीलाई छायांकनका लागि धेरै फाइदा हुन्छ’, प्रधानमन्त्री ओलीले ‘विदेशी फिल्मलाई पनि लोभ्याउन सकिन्छ ।’ प्रधानमन्त्री ओलीले पालुङटारमा फिल्म सिटी बनाउने भनेर आफुले कलाकारलाई बुझाउन नसकेको धारणा राखे । 

साथै प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास गरेका छन्।

४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्।

देशमा चलचित्र निर्माण सुरू भएको ६ दशक पूरा हुँदा पनि सुविधा सम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए।

मङ्गलबार ३० बैशाख २०८२ ०८:१७ PM मा प्रकाशित

प्रतिक्रिया