काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि प्रस्तावित डा. मनोज कुमार शर्माविरुद्ध तीन वटा उजुरी दर्ता भएका छन्। गत शुक्रबार बसेको समितिको बैठकले १० दिनको समय दिएर उजुरी आह्वान गरेपछि मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएको समिति सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उजुरी दिने अन्तिम म्याद आगामी जेठ ४ गतेसम्म रहेको छ। उजुरीकर्ताले हुलाक, इमेल, जिल्ला प्रशासन कार्यालय वा सिधै संसदीय सुनुवाइ समितिमा पुगेर उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। प्राप्त सबै उजुरीहरू जेठ ५ गते बस्ने समितिको बैठकमा सदस्यहरूको रोहबरमा खोलिनेछ र त्यसपछि मात्र अध्ययन प्रक्रिया अघि बढ्नेछ।
प्रतिक्रिया