×

मिलानले नापोलीलाई हरायो

images

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले नापोलीलाई हराएको छ ।

बुधबार राति भएको खेलमा इटालियन क्लब मिलानले सिरी ए प्रतिद्वन्दी नापोलीलाई १-० ले हराएको हो ।

मिलानको जितमा इस्माइल बेनेसरले निर्णायक गोल गरे ।उनले खेलको ४० औं मिनेटमा राफायल लियोको पासमा गोल गरेका थिए ।

यस्तै खेलको ७४ औं मिनेटमा आन्द्रे फ्रान्क जाम्बोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नापोली १० खेलाडीमा समेटिएको थियो ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा हुनेछ । खेल नापोलीको मैदानमा हुनेछ । एजेन्सी

बिहीबार ३० चैत २०७९ १२:५६ PM मा प्रकाशित

प्रतिक्रिया