काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले सभामुखमाथि लगाउँदै आएको आरोपको खण्डन गर्नुभएको छ । उहाँले आज विराटनगर विमानस्थलमा बोल्दै एमाले पार्टी विभाजनमा सभामुख अग्नी प्रसाद सापकोटाको भूमिका रहेको भन्नु गलत तर्क भएको उल्लेख गर्नुभयो ।
माओवादीको प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी हुन विराटनगर जाने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले अहिले प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहनु भएको छ ।
प्रतिक्रिया