×

ठेक्काको झन्डै ७ वर्ष स् बाटोको अवस्था दयनीय

images

काठमाडौं । सडकको दुरावस्था हेर्दा तार्केश्वर नगरपालिका राजधानी काठमाडौंको एक पिछडिएको नगरपालिका भन्दा फरक नपर्ला । बालाजु बाइपासबाट मात्रै ९(१० किमि टाढा रहेको यो क्षेत्रमा सडकको अवस्था दयनीय छ ।

दैनिक सयौँको संख्यामा काठमाडौं नगरपालिकाको फोहोरमैलाका गाडीहरु यसै बाटो भएर गुड्छन् । काठमाडौं र नुवाकोट जोड्ने यो सडकको अवस्था हेर्दा साँच्चै पिछडिएको ठाउँजस्तो आभास हुन्छ ।

पासाङल्हामु राजमार्गअन्तर्गतको यो बाटो निर्माणको जिम्मा सैलुङ कन्सट्रक्सनले पाएको झन्डै ७ वर्ष भइसकेको छ । तर समस्या भने ज्युँका त्युँ नै छ ।

विकासको नाममा विनाश र अलपत्र गर्ने ठेकदार कम्पनीको लापरबाही देख्दादेख्दै पनि कारबाही गर्न नसक्ने गैरजिम्मेवार सरोकार निकायहरुको विरोधमा स्थानीयहरुले आज काठमाडौं महानगरको फोहोर डम्पिङ र पासाङल्हामु राजमार्गमा चल्ने यातायात पूर्ण रुपले बन्द गरेका छन् ।


स्थानीयहरु पासाङल्हामु राजमार्ग कालोपत्रे दबाब अभियान भन्दै सडकमा उत्रिएका छन् । साथै उनीहरुले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सडक नबनाए कुनै पनि प्रतिनिधिहरुलाई भोट नदिने भनै आक्रोश जनाएका छन् ।

‘नो रोड नो भोट’ भन्ने व्यानरसहित उनीहरु सडकमा उत्रेका छन् ।
 

आइतबार​ १ फागुन २०७८ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया