×

शित्तल निवासमा यस्तो भयो सहमति

images

काठमाडौँ । जेनजीको सिफारिश अनुसार सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेर आजै राति ९ बजे शपथ खुवाउने भएका छन् । अहिले उनको नियुक्ति र शपथको तयारी भएको छ । 

शित्तल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र शित्तल निवासमै बस्ने मन्त्रीपरिषदको पहिलो बैठकले संसद विघटन र निर्वाचनको मिति तोक्ने निर्णय गर्ने सहमति भएको छ । त्यसपछि त्यसलाई राष्ट्रपतिले आजै स्वीकृत गर्ने सहमति भएको छ । कार्कीले जेनजी समुहसँगको छलफलमा आज तीन सदस्यीय मन्त्रिपरिषद बनाउने बताइएको छ र मन्त्रिपरिषदका अन्य सदस्यको नाम गोप्य राखिएको छ ।

 

शुक्रबार​ २७ भदौ २०८२ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया