×

इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ! विवेकको प्रयोग गरौँ; आ–आफ्नो कित्ता रोजौँ - डा. बाबुराम भट्टराई

images

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताएका छन् । साथै भट्टराईले यथास्थितिवादी तथा अवसरवादी शक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रङ्ग बदल्ने र भीडको पछि दौडने बताएका छन् ।

विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताउँदै विवेकको प्रयोग गरेर आ–आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताएका हुन् । सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले सबैले आ–आफ्नो कित्ता रोज्नुपर्ने बताए ।

उनले लेखेका छन्, ‘जिउँदो माछा पानीको धार/छालविरूद्ध पौडिन्छ । मरेको माछा धार/छालसँगै बग्छ । परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धार/छालविरूद्ध उभिन्छन्, लड्छन्; समाजलाई अग्रगामी बाटो देखाउँछन् । यथास्थितिवादी/अवसरवादी शक्ति र व्यक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रंग बदल्छन्, बग्छन्; भीडको पछि दौडन्छन् । युगीन संकट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ । विवेकको प्रयोग गरौं; आ–आफ्नो कित्ता रोजौं ।’

सोमबार २९ जेठ २०८० ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया