×

युभेन्टस र सेभिल्लाले बराबरी

images


काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस र सेभिल्लाले बराबरी खेलेका छन् ।इटालीको युभेन्ट्स र स्पेनिस क्लब सेभियाले १–१ को बराबरी खेलेका हुन् ।

खेलको २६ औं मिनेटमा युसुफ नासिरीले गोल गर्दै सेभिल्लाकालाई अग्रता दिलाएका थिए । त्यसपछि, इन्जुरी समयको अन्तिम मिनेटमा फेडेरिको गट्टीले गोल गर्दै

युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए ।अब दोस्रो लेग मे १९ मा सेभिल्लाको मैदानमा हुने छ । एजेन्सी

शुक्रबार​ २९ बैशाख २०८० ०९:४५ AM मा प्रकाशित

प्रतिक्रिया