×

रोमाको जित, युभेन्ट्सको बराबरी

images


काठमाडौं । युरोपा लिग फुटबलमा सिरि ए क्लब रोमाले जित निकालेको छ ।बिहीबार राति बायर लिभरकुसनमाथि १–० को जित निकाल्दै टिमले पहिलो लेगमा अग्रता

बनाएको छ ।एडोआर्को बोभीले ६२ औं मिनेटमा गरेको गोलले प्रशिक्षक जोसे माउरिन्होलाई राहत दिने काम गर्यो । जर्मन क्लब लिभरकुसनले समेत केही अवसरलाई

गोलमा परिणत गर्न सकेन ।अर्को सेमिफाइनल खेलमा युभेन्ट्स र सेभियाले पहिलो लेगमा १–१ गोलको बराबरी खेले ।घरेलु टोली युभेन्ट्सका लागि फेडेरिको गट्टीले इन्जुरी

समयको अन्तिम मिनेटमा गोल गर्दै इटालियन क्लबको हार टारेका थिए ।

खेलमा अग्रता भने स्पेनिस टिम सेभियाले २६ औं मिनेटमा युसुफ एन नेसरीको गोलमा लिएको थियो । एजेन्सी

शुक्रबार​ २९ बैशाख २०८० ०९:४२ AM मा प्रकाशित

प्रतिक्रिया