×

ढिलो खाना खाँदा डायबिटिज र मुटु रोगको जोखिम बढ्ने

images


काठमाडौं । रातिको समयमा ढिलो खाना खाँदा तौल बढ्ने धेरैलाई थाहा छ । तर, ढिलो खाना खाँदा डायबिटिज र मुटु रोगको जोखिम बढ्ने अध्ययनले पत्ता लगाएको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरूको टोलीले ढिलो खाना खाँदा ग्लुकोज र इन्सुलिनको स्तर बढ्ने, जसकारण मधुमेहको जोखिम बढाउने पत्ता लगाएका हुन् ।

साथै, ढिलो खानाले कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स पनि बढाउँछ, जसले हृदय रोगको जोखिमलाई बढाउन सक्छ ।

अघिल्लो अध्ययनहरू जस्तै यस अनुसन्धानले पनि रातको समयमा ढिलो खाना खाँदा शरीरमा कार्वोहाइड्रेट जम्मा हुने, शरीरको बोसो पग्लिने क्षमता घटाएर तौल बढाउने पत्ता लगाएको छ ।

पेन्सिल्भेनिया विश्वविद्यालयको पेरेलम्यान स्कूल अफ मेडिसिनको अध्ययनले राति ढिलो खानाले स्वास्थ्यमा नकारात्मक असर पार्ने निष्कर्ष निकालेको छ ।

अध्ययमा ७ बजे सम्म खाने र रातको ११ बजेसम्म खाने मानिसको समुह बनाएर विश्लेषण गरिएको थियो । चाँडो खाना खाँदा हार्मोन परिवर्तन हुने हुन्छ, जसले लामो समयसम्म पेट भरेको महसुस गराउँन मद्दत गर्छ । जसकारण भोक नलाग्ने र बढि खाने गरिँदैन । (डेलीमेलबाट)

बुधबार २९ चैत २०७९ ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया