×

सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग बनाएर छानविन गरौं- महामन्त्री थापा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शक्तिशाली आयोग बनाएर २०४६ सालदेखि अहिलेसम्म सत्तामा बसेका र पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सम्पत्ति छानविन गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) कांग्रेस भोजपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानविन गर्न शक्तिशाली आयोगको आवश्यकता औंल्याएका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्नसमेत उठाए । आयोगले अनुसन्धान गरेको विषय छापामा ल्याउने गरेको र वर्षौंसम्म ‘तँलाई थुन्दिउ’ भनेर नै बिताउने गरेको उनको टिप्पणी थियो । ‘अब एउटा शक्तिशाली आयोग बनाउँ। शक्तिशाली आयोगलाई ०४६ सालपछि शासनसत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने अधिकार दिउँ,’– महामन्त्री थापाले भने ।

महामन्त्री थापाले ०४६ पछाडि कांग्रेस, एमाले, माओवादी र नयाँ भनिएका दलहरु पनि सत्तामा पुगिसेको बताए । सत्तामा पुगेका सबैको सम्पत्ति छानविन गर्दा कांग्रेसको जो–जो परेपनि आफूहरुलाई स्वीकार रहेको र त्यसको भारी पार्टीले नबोकेर स्वयं व्यत्तिले बोक्ने महामन्त्री थापाले बताए । ‘कांग्रेसको कति मान्छे पर्छ परोस्। त्यसको भारी किन बोक्ने हामी, जोसुकै परोस्। नेता परोस्,नाता परोस्,’– महामन्त्री थापाले भने

शनिबार २९ चैत २०८१ ०८:१२ AM मा प्रकाशित

प्रतिक्रिया